उर्लाबारी, १८ साउन । साफ यू–२० महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोलमेसिनको छवि बनाएकी मोरङ उर्लाबारीकी फरवार्ड पूर्णिमा राई अब एन्फा महिला लिग छनोट चरणमा संकट क्लबको जर्सीमा देखिने भएकी छन् ।

क्लबका महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिषमान सिंहको समन्वयमा सम्झौता सम्पन्न भएको हो। क्लबले उनको आगमनले टिमको आक्रमण लाइनमा नयाँ धार थपिने विश्वास व्यक्त गरेको छ ।

पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला लिगमा अनुभव बटुलिसकेकी छन्। उनले गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी टप स्कोरर बन्ने सफलता हासिल गरेकी थिइन् ।

हाल उनी नेपाली यू–२० टोलीसँग एएफसी महिला यू–२० एसियन कप छनोट खेल्न भुटानमा छन् । संकट क्लबले राष्ट्रियस्तरको खेलाडीलाई अनुबन्ध गर्दै टोलीलाई बलियो बनाउने रणनीति अघि सारेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय