पथरीशनिश्चरे, २९ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ट्रकको ठक्करबाट एक अज्ञात महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पथरीशनिश्चरे–१ स्थित गोरखा डिपार्टमेन्ट अगाडि पूर्व–पश्चिम राजमार्ग क्रस गर्ने क्रममा करिब ३०–३५ वर्ष उमेरकी महिलालाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोष्टमार्टमका लागि मृतकको शव झापास्थित दमक अस्पतालको शवगृहमा राखिएको छ । हालसम्म मृतकको परिचय नखुलेको र आफन्त कोही सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृतकको हुलिया यस्तो छः गहुँगोरो वर्ण, कालो कपाल, हरियो कुर्ता–सुरुवाल, हातमा चुरा, मझौला शरीरकी महिला ।

प्रहरीले मृतकको आफन्त वा चिनेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पथरीमा सम्पर्क राख्न वा ९८५२०२७४६९ मा खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय