उर्लाबारी, २ भदौ । मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले आईतबार राति पक्राउ गरेको छ ।
प्रहरीले विशेष सुचनाका आधारमा आईतबार राति ९ बजेतिर उर्लाबारी–ईटहरा सडक खण्डको जोरबाटोमा चेकजाच गर्ने क्रममा बा. ३. च. ७९८१ नम्वरको निलो कारको सिटमुनी भारतबाट लुकाईछिपाई ल्याउदै गरेको कोरेक्स १ जर्किन (५ लिटर) र नाईट्रोभेट ट्याब्लेट १५० गोटी सहित कारका चालक झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले चेकजाचका क्रममा भारतबाट नेपाल लागुऔषध ओसार पसारमा प्रयोग भएको कार र बा. ७८. प. ४०९८ नम्बरको मोटरसाईकल चालक सुजन सेन्दाङलाई पक्राउ गरेको जनाएको छ । कारबाट पक्राउ परेकी युवती सेन्दाङको घरमा बस्दै प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय