दमक,३ भदौ । झापाको दमकमा मंगलबार बिहान सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
एसियन हाईवेअन्तर्गत दमकको पशुहाट–बसपार्क उत्तरको डाँडामा भएको दुर्घटनामा झापा कमल गाउँपालिका निवासी मुना गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकलमा उनका श्रीमान् सुकदेव गौतम र मुना गौतम सवार रहेका थिए। सो मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको प्र १०–०२ ख ०९१२ नम्बरको ट्रकले ठक्कर दिएको हो।
ठक्करबाट मुना गौतमको मस्तिस्क नै सडकमा छरपस्ट हुदा गम्भीर घाइते भएकी गौतमलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ। उनका श्रीमान् सुकदेव गौतम भने घाइते भएका छन् र उपचार भइरहेको प्रहरीले जनाएको ।
प्रहरीले ट्रक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




