उर्लाबारी, ५ भदौ । मोरङको उर्लाबारी–३ निवासी निर्माण व्यवसायी अर्जुन तुम्रोकलाई उर्लाबारी नगरपालिकाले सम्मान गरेको छ ।
उनले संचालन गर्दै आएको तुम्रोक कन्सट्रक्सनले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको कृष्णचोक–सुनझोडा सडक निर्माण कार्यलाई निर्धारित समयावधिभित्र सम्पन्न गरी हस्तान्तरण गरेपछि पालिकाले उनको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।
तुम्रोकले उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा रहेको कृष्णचौक–सुनझोडा सडक निर्माणको जिम्मेवारीलाई समयाअवधिमै निर्माण सम्पन्न गरेर उर्लाबारीकै नमुना सडक निर्माणमा अहोरात्र खटिएर योजना सम्पन्न गरी नगरपालिकालाई हस्तानतरण गरे पश्चात उनलाई पालिकाले सम्मान गरेको हो ।
विश्व बैकको ऋण अनुदान सहयोग र शहरी शासकीय तथा पूर्वाधार आयोजना अर्न्तगत ४१ करोड भन्दा बढी लागतमा निर्माण सम्पन्न भएको सडक निर्माणको जिम्मा तुम्रोक कन्सट्रक्सले पाएको थियो ।
उक्त सडक निर्धारित समय अवधीमै सकेर पालिकालाई हस्तानतरण गरेपश्चात उर्लाबारी नगरपालिकाले पुनः सडकको कार्यसम्पादन मुल्याङनको आधारमा उर्लाबारी–४र ८ लाई जोड्ने भानुमार्गमा पुनः २० करोड ८० लाख रुपैया बराबरको अर्को नमुना सडकको योजना पार्न सफल भएपछि उनलाई पालिकाले सम्मान गरेको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताए ।
वि.स. २०७४ सालमै योजना संचालनका लागि विश्व बैकका प्रतिनिधी र उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागो विच योजना संचालन गर्ने सम्बधमा सम्झौता भएतापनि योजना ठेक्काको मुख्य जिम्मेवारी पाएको भारतको निर्माण कम्पनी र नेपालका लागि भारतीय कम्पनीको सव–ठेकेदार विचको आपसी असमझदारीले योजना अलपत्र पर्ने अवस्थामा पुगेको थियो ।
योजना अलपत्र पर्ने अवस्था आएपछि उर्लाबारी नगरपालिकाको बर्तमान मेयर गंगा खरेल नेतृत्वको जनप्रतिनिधीको टोलीले भारतिय कम्पनी र नेपालका लागि उक्त कम्पनीका ठेकेदार काठमान्डौका सारदा प्रसाद अधिकारी विचको झमेलालाई सुल्झाए पछि उक्त ठेक्का अर्न्तगत काम गर्ने जिम्मा तुम्रोक कन्सट्रसनले पाएको थियो ।
कन्सट्रक्सनले पाएको जिम्मेवारीलाई छोटो समयमै निर्माण सम्पनन गरी पालिकालाई गुणस्तरयुक्त सडक हस्तानतरण गरेपछि कन्सट्रक्सनमा संचालक अर्जुन तुम्रोक सम्मानित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय