
पथरी, १३ भदौ । पथरी-११ फुटबल क्लबको आयोजनामा कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो पथरीशनिश्चरे गोल्डकपका लागि पथरीशनिश्चरे परिवार हङकङले ७० हजार रुपैयाँ सहयोग गरेको छ।
परिवारले सबै खेलका म्यान अफ द म्याच पुरस्कार प्रायोजन स्वरूप सहयोग गरेको हो। सहयोग रकम सस्थाका वरिष्ठ सल्लाहकार बसन्त कुमारी राई, सदस्य मोहन लिम्बु र राजकुमार गुरुङको उपस्थितिमा क्लबलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।



