
पथरी, १८ भदौ। आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो पथरीशनिश्चरे गोल्डकपको तयारीलाई थप सुदृढ बनाउन विशेष छलफल गरिएको छ ।
गोल्डकप सन्चालनका लागी आयोजक टिमका पदाधिकारी र सहयोगी हरुको उपस्थीतिमा पूर्वकै ख्यातिप्राप्त व्यवसायी भिम पौडेल सग आबश्यक छलफल गरीएको आयोजकले जनाएको छ ।




सो अवसरमा व्यवसायी पौडेलले दोस्रो गोल्डकपलाई सभ्य र भव्य रुपमा सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको आयोजकले बताएको छ।
छलफलमा खेलप्रेमी सामाजिक व्यक्तित्व गणेश कुमार खड्का क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सोहि क्रममा क्लबले व्यावसायी पौडेललाई टिसर्ट प्रदान गरिएको थियो ।