उर्लाबारी, १० पुष । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित बक्रा खोला छेउमा बिहिबार विहान सगरमाथा यातायातको ढोकाबाट लडेर बसका सहचालक गम्भिर घाईते भएका छन् ।
पुर्वपश्चिम राजमार्ग अर्न्तगतको उर्लाबारी–मगलबारे सडक खण्डको बक्रा खोला किनारको घुमाउरोमा प्रदेश १–०१–००१ ख ४५६८ नम्वरको सगरमाथा यातायातको बसको ढोकाबाट उछिट्टीएर झापाको विर्तामोड नगरपालिका–८ बस्ने वर्ष २१ का बुदन मुर्मु सतार घाईते भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मुर्मको तत्काल उद्धार गरी उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचारका लागि भर्ना गरिएको भएतापनि त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा स्थित वि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुर्मको टाउकोमा चोट लागेको र अस्पताल स्रोतले प्रहरीलाई दिएको जानकारी अनुसार टाउकोमा पानी जमेको देखिएको बताइएको छ ।
घटनाका बारे थप अनुसन्धान गर्न बस र सोका चालक मेचिनगर नगरपालिका–१० झापा बस्ने वर्ष ५० का पशुपति श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रञ्जन बरालले बताउनु भयो ।









