पथरी, १३ पुस । प्रदेश र संघीय सरकारलाई पटक–पटक माग पत्र बुझाउँदा पनि कुनै चासो नदिइएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का स्थानीयवासीले आफ्नै पहलमा दुई स्थानमा हिउँदे पुल निर्माण गरेका छन् ।
वडा नं. ८ अन्तर्गत पर्ने शुक्रबारे र मंगलबारे क्षेत्रमा रहेको डाँस खोलामा वडा कार्यालय, नगरपालिका र स्थानीयवासीको संयुक्त प्रयासमा हिउँदे पुल निर्माण सम्पन्न भएको हो ।
वडाध्यक्ष नविन कार्कीले भन्नुभयो–“हामीलाई नगरपालिकाबाट जेसीबी डोजर र ट्याक्टर उपलब्ध गराइयो, स्थानीयवासीको बाँस, काठ तथा श्रमदान मार्फत शनिबार पुल निर्माण सम्पन्न गर्‍यौ।”
साथै कार्कीले थप्नुभयो–डाँस खोलामा बर्खायाममा पुल नहुँदा वर्षेनी स्थानीयवासीलाई आवत–जावतमा सास्ती हुँदै आएको छ, यहा पुल बन्ने हो भने कानेपाखरी गाउपालिकाको तल्लो भेग, सुनवर्सी नगरपालिकाको माथिल्लो भेग र हाम्रो पालिकाको तल्लो भेगका हजारौ जनाताले प्रतक्ष रुपमा लाभ लिन सक्नेछन्, स्थानिय पालिकाको बजेटले पुल बन्न सक्ने अवस्था नभएपछि हामीले २ तहका सरकार गुहारौ तर हाम्रो गुहार कसैले सुनेन् जस्का कारण विशेषगरी विद्यार्थी, किसान र दैनिक मजदुरीमा निर्भर नागरिकहरू प्रभावित हुँदै आएका छन्।”
दीर्घकालीन पक्की पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसमक्ष पटक–पटक डेलिगेसन गई माग पत्र बुझाइए पनि कुनै ठोस पहल नहुँदा स्थानीय सरकार र नागरिकले आफैं अग्रसरता लिएको वडावासीको गुनासो छ ।


शुक्रबारे क्षेत्रमा भएको हिउँदे पुल निर्माणमा पथरी शनिश्चरे नगरपालिकाका विभिन्न स्थानबाट आएका श्रमदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीयको एकताले छोटो समयमै पुल निर्माण सम्भव भएको स्थानियहरु बताउछन् ।
हिउँदे पुल निर्माण पश्चात् कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका तल्लो भेगमा बसोबास गर्ने नगरवासीलाई सीमित समयका लागि भए पनि आवत–जावत सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले अस्थायी पुललाई दीर्घकालीन समाधानका रूपमा नलिई अब स्थायी पुल निर्माणका लागि सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय