
मोरङ, उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको शौचालयमा सालनाल सहित फेला परेको नवजात शिशुको दमकस्थित कियोच बाल अस्पतालमा उपचार भइ रहेको छ ।
गत शनिवार करिब बिहान १०ः३० बजे फेला परेको शिशुलाई तत्काल उद्धार गरी उपचारका लागि प्रहरी र एञ्जल फाउन्डेसनको सहयोगमो दमक लगेको थियो ।
शिशुको उद्धार कार्यमा संलग्न एञ्जल फाउन्डेसनले प्रारम्भिक अभिभावकत्व ग्रहण गर्दै उपचारमा हाल सम्म सहजीकरण गरिरहेको छ ।
हाल शिशुको उपचार जारी रहेको र अवस्था सामान्य रहेको उर्लाबारी प्रहरी प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिनुभयो ।
साथै, घटनामा समलग्न २ जान किशोरकिशोरीलाई आवश्यक कानुनी कार्वाहीका लागि प्रक्रिया आगाडी बढाइएको प्रहरीले जनाएको छ ।



