उर्लाबारीमा मध्यरातमा एक पसलमा आगलागी भएको छ । शनिबार राती (बिहान) करिव १ बजे उर्लाबारी वडा नम्बर ६ स्थित सत्कार किड्स एण्ड मोर कपडा पसलमा आगलागी भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मध्यरातमा प्रहरी कार्यालयको उत्तरपट्टी भोलामान श्रेष्ठको एकतले घरमा रहेको सो पसलको सटरमा आगलागी हुदा करिव २५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

यस्तै सो सटरमा लागेको आगो सल्किएपछि छेउमै रहेको एक फलफुल पसलमा समेत क्षती पुगेको प्रहरीले जनाएको । यता आगलागीबाट उर्लाबारी वडा नम्बर ६ निवासी फूलमाया श्रेष्ठको करिव २० हजार बराबरको फलफुल जलेर नष्ट भएको बताईएको छ ।

उर्लाबारी -७ का कुल बहादुर थापाले संचालन गरेको सो कपडा पसलमा मध्यरातमा आगो लाग्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाबारे विस्तृत विवरण भने अनुसन्धान पछि मात्र खुल्ने बताएको छ ।

उर्लाबारी, दमक , कानेपोखरी, पथरीलगायतका पालिकाहरुको दमकल, जनपथ प्रहरीसहित स्थानियको प्रयासमा करिव ४० मिनेटमा सो आगो नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय