उर्लाबारी । अरनिको हस्पिटल प्राली उर्लाबारीले मोरङको मिक्लाजुङ–३ स्थित सुर्यमुखी प्राथामिक बिद्यालयका बिद्यार्थीलाई ट्रयाक सुट सहयोग गरेको छ ।
बिपन्न परिवारका २५ जना बिद्यार्थीलाई बिद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबिच ट्रयाक सुट बितरण गरिएको हो ।
हस्पिटलका अध्यक्ष लोलिम पोमु,मिक्लालुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बिद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गर्नुभएको हो ।
जाडोको समयमा ट्रयाक सुटले न्यानो बनाउन सहयोग पुग्ने र बिद्यार्थीलाई ठूलो सहयोग मिलेको स्थानिय समाजसेबी खगेन्द्र मादेनले बताउनुभयो ।
मादेनले भन्नुभयो– यस बिद्यालयमा अति बिपन्न परिवारका बिद्यार्थीहरु अध्ययन गर्न आउछन, एकसरो कपडा किनिदिन परिवारलाई हम्मे पर्छ, अस्तालको सहयोगले विद्यार्थीहरुलाई ठूलो राहत मिल्यो ।
अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले स्थानीयबाट बिद्यार्थीको समस्या सुनेको र उहाँहरुकै आग्रहमा सहयोग गरेको बताउनुभयो ।
अध्यक्ष पोमुले भन्नुभयो–अरनिको हस्पिटलले सामाजिक उत्तरदाहित्य अनुसार स्वास्थसङ्गै शिक्षामा पनि विशेष सहयोग गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष बबिकुमार राईले हस्पिटलको काम उदाहरणिय भएको बताउनु भयो । कतिपय हस्पिटल नाखामुखी मात्र केन्द्रित भएको बताउदै अरनिकोले त्यसलाई चिर्दै सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल तरुणदल उर्लाबारीका सभापति बिक्रम चापागाईं,समाजसेवी बिष्णु चोङबाङ, तुला बोखिम, जोनसोन श्रेष्ठ, उमा लुइँटेल, गिरिराज लुइँटेल लगायतको सहभागीता रहेको थियो ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता बिधालयका अध्यक्ष मदन लुइँटेलले गर्नुभएको थियो । न्यानो कपडा पाएपछि बिद्यार्थीहरु निक्कै रमाएका थिए ।








