नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप शाखाको सभापतिमा पुनः भानुभक्त शर्मा पराजुली निर्वाचित भएका छन् । उर्लाबारी नगरपालिका वडा नम्बर ५ का पुर्व वडाध्यक्ष समेत रहेका पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् ।

 

त्यस्तै, उपसभापतिमा भागिरथा अधिकारी निर्वाचित भएकी छिन् । उनले निर्मला चौहानलाई ६० मतको अन्तरले पराजित गरेकी छिन् । अधिकारीले ६८ मत प्राप्त गरीन् भने उनकी प्रतिष्पर्धी चौहानले ८ मत मात्रै प्राप्त गरेकी छिन् ।

त्यस्तै, सचिवमा सुभास भण्डारी, उपसचिवमा नेत्रप्रसाद आपागाई, उप कोषाध्यक्षमा यमलाल रसाईली, महिला सदस्यमा सिता कार्की, सदस्यहरुमा छत्रबहादुर कार्की, मनोज लुईटेल, शेरबहादुर भण्डारी र सचिन शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तैगरी कोषाध्यक्षमा द्रोणबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले ५९ मत प्राप्त गरेका छन् । यस्तै सोहि पदमा पूर्ण सुनुवारले २ र डा. हरिबाबु दाहाल १९ मत प्राप्त गरेका थिए ।

आज सम्पन्न निर्वाचनमा जम्मा ८० मत खसेको थियो । निर्वाचन अधिकृत कुमार पोख्रेलले निर्वाचन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै उर्लाबारी रेडक्रसलाई नयाँ उचाईमा पुर्याउन निर्वाचित पदाधिकारी तथा सदस्यहरुले भुमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै, सभापतिमा निर्वाचित पराजुलीले सबै पक्षसँग छलफल र सहकार्य गरेर उर्लाबारी रेडक्रसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय