उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र प्रविधिमैत्री शिक्षण प्रणालीका कारण चार दशकभन्दा बढी समयदेखि कोशी प्रदेशमै स्थापित नाम कमाएको पशुपति आवासीय माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि नयाँ भर्ना खुला गरेको छ। प्ले ग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले वैशाख ५ गते प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
उर्लाबारी–७ मा अवस्थित यस विद्यालयले हरेक वर्ष एसईई र एस एलसी दुवै परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै राष्ट्रव्यापी पहिचान बनाउन सफल भएको छ। सो विद्यालयकी अन्वेषा बस्नेतले ४ जिपिए ल्याउदै २०७९ को यसईई परिक्षामा नेपालभरीकै टप स्कोररमध्ये एकमा आफुलाई परिचित गराउन सफल भएकी थिईन् ।




यस्तै गत साउन १८ मा प्रकाशित कक्षा १२ को परीक्षामा सो विद्यालयकी सुस्मिता कार्की ३.९६ जिपिए ल्याउदै नेपाल टपको लिस्टमा परेकी थिईन्।
विद्यार्थीको भविष्य निर्माणलाई ध्यानमा राख्दै विद्यालयले बालमैत्री कक्षा, प्रेरणादायी सिकाइ वातावरण, तथा ICT कक्षालगायत आधुनिक शैक्षिक पूर्वाधार तयार पारेको छ।
विद्यालयका विशेषताहरूमा प्रविधिमैत्री शिक्षण पद्धति, अनुशासित तथा सुरक्षित आवासीय वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद, संगीत, कला र सिर्जनशील क्रियाकलापहरू सञ्चालन लगायत छन्। यस्तै, दक्ष र अनुभवी शिक्षक समूह, स्वच्छ तथा शान्त वातावरण, र अभिभावक–विद्यालय सहकार्य प्रणाली विद्यालयको थप पहिचान बनेका छन्।
त्यस्तैगरी २०८२ शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै रोबोटिक्स, AI, IOT र कोडिङ कक्षा समेत सञ्चालन गर्दै आइरहेको विद्यालयले विद्यार्थीलाई समय–समयमा उत्प्रेरणा (Motivation) कक्षा र शैक्षिक भ्रमणमार्फत व्यवहारिक ज्ञान दिनेतर्फ पनि ध्यान केन्द्रित गरेको छ।
यसका अलवका सो विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर र सिनियर डिभिजनको क्याडेट तालिम समेत संचालन हुदै आएको छ । यसले विद्यालयको प्रतिष्ठालाई थप बढाएको छ ।
विद्यालय/कलेज बस सेवा उपलब्ध रहेको उक्त विद्यालयमा भर्ना तथा जानकारीका लागि चाँडै सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्पर्क: ०२१–५४२३०७




