जनकपुर । भान्साको सरसफाई खाद्य समाग्रीको गुणस्तरीय भण्डारण तथा कोल्डचेन प्रबिधि आधारमा जनकपुरका होटेलहरुको बर्गिकरण शुरु भएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले होटलहरुको वर्गीकरण तथा लोगो नबिकरण कार्य शुरु गरेको हो । कार्यालयले होटेलहरुको अनुगमन गरि खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न १२ वटा होटलहरुको स्तर निर्धारण गरि वर्गीकरण शुरु गरेको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका अनुसन्धान अधिकृत रमेश दाहालको नेतृत्वमा निस्केको अनुगमन टोलिले होटलहरुको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा सबै होटलहरुको भान्सा, भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुको साथै भन्सामा प्रयोग गरिएका बस्तुहरुको गुणस्तरीयता समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत रमेश दहालले बताउनु भयो ।
अनुगमन गरिएका १२ होटलहरु मध्ये होटल अरिपन, स्ट्रिम पिक इन्टरनेसनल प्रालि भिषुवा, जानकी स्टार होटल, होटल रामा प्रालीले खाद्य स्वच्छताको आधारमा उत्तम उत्तम (२ स्टार) र अन्य ८ वटा होटलको सन्तोषजनक प्रमाणीकरण गरि लोगो बितरण एबम नवीकरण गरिएको गुण नियन्त्रण कार्यालय जनकपुरका होटल लोगो तथा नविकरण कार्यक्रमका स्थानिय खाद्य स्वच्छता समूह सदस्य सचिव प्रमुख प्रदिप संग्रौला बताउनु भयो ।


कार्यक्रम कार्यक्रम गुण नियन्त्रण कार्यालय जनकपुरका होटल लोगो तथा नविकरण कार्यक्रमका स्थानिय खाद्य स्वच्छता समूह सदस्य सचिव प्रमुख प्रदिप संग्रौला, जिल्ला प्रशासन कार्यालय धनुषाका सुनिल झा, उपभोक्ता हित संरक्षण मंचका प्रतिनिधी बटुकनाथ झा, उद्योग वाणिज्य संघ जनकपुरका प्रतिनिधीको उपस्थितीमा होटलहरुको अनुगमन गरी खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख बरिष्ठ खाध्य अनुसन्धान अधिकृत हस्त बहादुर राईको उपस्थितीमा होटल तथा खाद्य व्यवसायहरूको लोगो तथा सरसफाइ प्रमाणीकरणको मापदण्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय