पथरी । कोशी प्रदेश सरकारको लगानीमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा रहेको दुर्गा माध्यमिक विद्यालयको २ कोठे भवन बन्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार भौतिक विकास मन्त्रालयबाट विनियोजित २० लाख रुपैया मध्ये ठेक्का प्रक्रियाबाट १३ लाख, ९५ हजार ८ सय ७७ रुपैया लागतमा भवन बन्न लागेको हो ।
भवनको शिलान्यास मगलबार कोशी प्रदेश सभा सदस्य मोरङ ३ (१) मानबहादुर लिम्वुले गर्नुभयो ।
भवनको शिलान्यास गर्दै लिम्बुले भन्नुभयो ‘शैक्षिक क्षेत्रको विकास र गतिशिलताका लागि सवैको पहलमा भवन बन्ने कार्य सुरु भएको छ, यस भवनले विद्यालयको स्तर उन्नतीमा ईटा थप्ने कार्य गर्ने छ ।’
२०३६ सालमा स्थापना भएको यो विद्यालय यस क्षेत्रकै एक पुरानो विद्यालय मध्येको एक हो, पर्याप्त भौतिक पुर्वाधार, कमजोर विद्यार्थी संख्याका विचमा पनि संचालन हुदै आएको यस विद्यालयको स्थतर उन्नती गरी शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्य अनुरुप कोशी प्रदेश सरकारको लागनीमा अपुग भवनको निर्माणको कार्य थालनी गरीएको विद्यालयका प्रधानाध्यपक लिलम बहादुर बस्नेतले बताउनुभयो ।
भवन निर्माणको जिम्मा वि. एन. वि कन्स्ट्रक्सन प्रा.ली पथरीशनिश्चरेले पाएको छ उक्त भवन आगामी असार १० गते सम्ममा निर्माण सम्पन्न् गरी विद्यालयलाई बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय