पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले खेलाडी उत्पादन गर्ने हेतुले प्रशिक्षण कार्यक्रम सुरुवात गरेको छ । प्रभात सामुदायिक युवा क्लबको आयोजना रहेको कार्यक्रममा वडा कार्यालयले आर्थिक लगानी गरेको छ ।
वडाले ‘ए’ र ‘बी’ डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका फुटबल खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ । पूर्व राष्ट्रिय खेलाडी तथा नगरपालिका खेलकुद विकास समितिका संयोजक दिपक राई र ‘बी’ डिभिजनको आरसीटीबाट खेलेका लालबहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको वडाध्यक्ष नबिन कार्कीले बताउनुभयो ।


वडाको दुई वटा खेलमैदानमा १ सय बढी फुटबल खेलाडीलाई प्रशिक्षण दिइनेछ । बुद्घ मावि मैदान र समाल डाडा मैदानमा खेलाडीलाई प्रशिक्षण दिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय