उर्लाबारी नगरपालिका वडा नम्बर ५ निवासी खामबहादुर याखाले किरात याखा छुम्मा उर्लाबारी नगर समितिलाई नि:शुल्क रूपमा २ कठ्ठा जग्गा दान गरेका छन्। उक्त जग्गा उर्लाबारी वडा जम्बर ६ को कार्यालय छेउमा रहेको निर्माणाधीन कबड्डी हलसँगै दक्षिणपट्टी रहेको छ ।

बजार मूल्य अनुसार सो जग्गाको मूल्य करिब २४ लाख रुपैयाँ बराबरको रहेको छ। नगर समितिका अध्यक्ष प्रेम याखाकाअनुसार उक्त जग्गामा चाँडै किरात याखा छुम्माको कार्यालय भवन र सङ्ग्रहालय निर्माण गरिनेछ। यस्तै उनले सो भवनमा याखा समुदायको कला, साहित्य र संस्कृतिको संरक्षण गरिने जानकारी दिए।

त्यस्तैगरी दानदाता खामबहादुरद्वारा दान गरिएको उक्त जग्गा बेलबारीस्थित मालपोत कार्यालयमा गएर नामसारी गरिसकिएको छ । सो जग्गा शुक्रबार आधिकारिक रूपमा पास समेत भइसकेको अध्यक्ष याखाले बताए।

यसैबीच सोमबार याखा समुदायले सो स्थानमा उभौली पूजासहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रम समेत रहेको नगर समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय