खड्ग बहादुर नेपाली वेदना
रतुवामाई/ ईटहरा बजार ब्यवस्थापन समितिकाे आजभाेलि सक्रियता बढ्न थालेकाे छ । ईटहराका सक्रिय युवाहरूकाे सहभागिता रहेकाे ईटहरा बजार ब्यवस्थापन समितिले हालै ईटहरा बजारकाे दुई स्थानमा जेब्रा ऋसिङ निर्माण र विविध मर्मत कार्य सम्पन्न गरेर सक्रियता बढाएकाे छ ।
बढ्दाे सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ईटहरा बजारकाे मुखैमा जाेडिएकाे पिच सडकमा जेब्रा ऋसिङ निर्माण कार्य सम्पन्न गरिएकाे छ ।
हरेक आईतबार र बुधबार लाग्ने ईटहरा बजारमा मानिसहरूकाे चहलपहलबढी हुने र सडकमा द्रुतगतिमा चल्ने सवारीसाधनलाई नियन्त्रण गरि भवितव्य हुने दुर्घटनाकाे जाेखिमलाई कम गर्न दुई स्थानमा जेब्राऋसिङ निर्माण गरिएकाे ईटहरा बजार ब्यवस्थापन समितिका अध्यक्ष उगेन तामाङले बताउनु भयाे ।
साथै समितिकाे सक्रियतामा ईटहरा बजारमा निर्माण गरिएका टहरामा गतबर्षकाे हावाहुन्डरीले क्षति पुर्याएका फेण्ड,बिजुलीबत्ती,पायपकाे मर्मत र टहराकाे रङराेंगन गर्ने कार्य सम्पन्न गरिएकाे छ ।
ईटहरा बजार ब्यवस्थापन समितिकाे काेषबाट करिब ६० हजारकाे लागतमा सम्पुर्ण कार्य सम्पन्न गरिएकाे समितिले जनाएकाे छ ।




