जनकपुर । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले स्वच्छता तथा सेवा गुणस्तरलाई प्रवद्र्धन गर्न होटल तथा खाद्य व्यवसायहरूलाई सरसफाइ प्रमाणीकरण दिने कार्य गर्दै आएको छ ।
नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा पुर्याउन मन्त्रालयले यस्तो कार्य गर्दै आएको हो । सोही अर्न्तगत सेवा प्रदान गर्ने सस्थाहरु रेस्टुराँ, क्याफे, फास्ट फुड, स्ट्रीट फुड आदिका बारेमा मुल्याकन प्रक्रिया र निरिक्षण मापदण्डको उदाहरण सहित विद्यार्थीहरुले आफ्नो कार्यशाला गोष्ठिको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
सरसफाइ तथा स्वच्छता (१५ अंक), खाना पकाउने स्थानको अवस्था (१५ अंक), भान्से तथा कर्मचारीहरूको व्यक्तिगत सरसफाइ (१५ अंक), खाना भण्डारण प्रणाली (१० अंक), फोहोर व्यवस्थापन (१० अंक), खाना पकाउने तथा परोस्ने प्रक्रिया (१० अंक), स्वच्छता सम्बन्धी तालिम तथा जनचेतना (१० अंक), पानी तथा नुहाउने सुविधा (५ अंक), ग्राहक सन्तुष्टि तथा प्रतिक्रिया (५ अंक), नियम तथा निर्देशिकाको पालना (५ अंक) गरि कुल अंक १०० दिन सकिने प्रतिवेदन प्रस्तुत गरेका छन् ।
साथै उनिहरुले सेवा दिने सस्थाको लोगोको प्रकार र प्रयोग बारेमा पनि सुझाव पेश गरेका छन् ।
जहा,प्रमाणीकरण पाएको संस्थाले सम्बन्धित लोगो आफ्नो संस्थाको मुख्य प्रवेशद्वारमा देखिने गरी राख्नुपर्ने सुझाव पेश गरेका छन् भने लोगो रंगीन तथा आधिकारिक लोगो डिजाइन अनुरूप हुनुपर्ने प्रतिवेदनमा औल्याएका छन् ।
संस्था असन्तुष्ट भएमा पुनरावलोकनको लागि लिखित निवेदन पेश गर्न सक्ने र छ। विभागले १५ दिनभित्र पुनः निरीक्षणको व्यवस्था मिलाउने व्यावस्था हुनुपर्ने राय सहितको प्रतिवेदन पेश गरेका छन् ।








