काठमाडौं, २१ साउन । नेपालमा मंगलबार (भोलि) र बुधबार (पर्सि) अति भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
२ दिन पानी पार्ने मनसुन प्रणाली थप सक्रिय हुने सम्भावना भएकाले उक्त अवधिमा देशभर साधारणतयादेखि पूणर्तया बदली (आकाशमा बादल) रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा मंगलबारदेखि नेपालनजिक सर्ने सम्भावना छ । यो प्रणालीको प्रभावले उक्त दुई दिन नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कणर्ाली प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
साथै, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ,” महाशाखाले सोमबार जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा उल्लेख छ ।
मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुन्छ । सम्भावित जोखिमप्रति सतर्कतासँगै पूर्वतयारी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
“मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गतेसम्म भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” विशेष बुलेटिनमा उल्लेख छ ।
कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
सूची हेर्नुहोस ः-

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय