काठमाडौं, २२ साउन । नेपाली नारीहरूको महान् चाड तीज नजिकिँदै गर्दा साङ्गीतिक बजारमा तीज गीतको रौनक सुरु भएको छ । यसै बीच भर्सटाइल गायिका रीता केसीले कहानी नारीको आफ्नो नयाँ मौलिक तीज गीत बजारमा ल्याएकी छिन । लक्ष्मी अर्यालको शब्द र सङ्गीत रहेको उक्त गीतमा रीता केसीलाई चर्चित गायक हेमन्त कान्छा रसाइलीले स्वरमा साथ दिएका छन् । विगतमा आधुनिक, लोक तथा गजल गायनमा समेत चर्चा कमाएकी केसीले यस वर्षको आफ्नो प्रस्तुति उत्कृष्ट हुने विश्वास व्यक्त गरेकी छिन् । तीजको मौलिकता र सांस्कृतिक महत्त्वलाई समेटेर गायिका केसीले लयाएको नयाँ कोसेली एक कार्यक्रमकाविच सार्वजनिक भएको छ । लक्ष्मी अर्यालको शब्द र सङ्गीत रहेको यस गीतमा नारी संवेदना र चाडपर्वको खुसीलाई सुन्दर ढङ्गले बुनिएको छ । गीतमा रीता केसी र हेमन्त कान्छा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । आधुनिक, लोक तथा गजल गायनमा आफ्नो बलियो उपस्थिति जनाइसकेकी गायिका केसी पछिल्लो समय तीज गीत मार्फत स्रोता र दर्शकको मन जित्न सफल भएकी छिन । अघिल्ला वर्षहरूमा आएका उनका गीतहरूले पाएको सफलताले उनलाई थप उत्साहित बनाएको छ । विकृति र विसङ्गति बढिरहेको भनिएको वर्तमान साङ्गीतिक बजारमा केसीको यो मौलिक प्रयासले नेपाली सङ्गीत प्रेमीहरूलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । हालै सार्वजनिक भएको यो गीतलाई लिएर गायिका केसी निकै आशावादी भएकी छिन् ।
केसीको कहानी नारीको गीतको म्यूजिक भिडियो समेत बजारमा उपलब्ध छ ।https://youtu.be/zNYWRBUAr94?si=Aff6MkHTYsQVn63b




गीतको लिंक




