उर्लाबारी,मंसिर–५ ।
मोरङ क्षेत्र नं. १ मा ६१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । कुल मतदाता १ लाख २३ हजार ६१५ मध्ये ७५ हजार८७१ मत खसेको छ ।
यो ६१.३७ प्रतिशत हो । केराबारी गाउपालिकामा १४५५८, उर्लाबारी नगरपालिकामा २७६४१, लेटाङमा १८७५० र मिक्लाजुङगाउपालिकामा १४९२२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले ४ ओटै मतपत्र एकै पटक गणना गर्नु भन्ने परिपत्र गरेका कारण मतगणना  स्थल अपुग हुने प्राबिधिक  समस्या उत्पन्न भएको निर्वाचन कार्यालय उर्लाबरिले जनाएको छ ।

सोहि  कारण मत गणना कति बेला देखि गर्ने भन्ने बारे अन्योलता देखिएको निर्वाचन अधिकृत गोपाल प्रसाद थापाले बताउनु  भयो । यद्धयपि बिहान ९ बजे सर्बदलिय बैठक बोलाईएको र सोहि बैठकको निर्णयका आधारमा मतगणनाको  तयारिमा निर्वाचन कार्यालय रहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय