उर्लाबारी, २ मसिर । उर्लाबारीमा शुक्रबार साँझ ६:५०  बजेको समयमा सिटी सफारी र माेटरसाइकल ठक्कर खाई दुर्घटना हुदा  माेटरसाइकलचालककाे मृत्यु भएकाे छ ।  उर्लाबारी नगरपालिका– ५ तरूण चोकस्थित भित्रि सडक खण्डमा  पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटीसफारी र विपरीत दिशातर्फ आउँदै  गरेको प्र१–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदामाेटरसाइकल चालक उर्लाबारी–५ का ३० वर्षिय माैसम भण्डारीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय  उर्लाबारीले जनाएकाेछ ।

दुर्घटनामा परि टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारकाे लागि उर्लाबारीस्थितअरनिको हस्पिटल पुर्याएतापनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नाेवेल हस्पिटल विराटनगर लगिएकाे थियाे ।

तर विराटनगर पुर्याएपछि चिकित्सकले उनलाई  मृत घाेषणा गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीले माेटरसाइकल,  सिटी सफारी र  सफारी चालकलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय