–नारायण घिमिरे
उर्लाबारी, साउन १५ । नेपाल कृषि प्रधान देश हो । कृषिलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । नेपालको भौगोलिक बनावट, विविध हावापानी तथा उर्वर माटोका कारण यहाँ विभिन्न प्रकारका अन्नबाली, फलफूल तथा तरकारी उत्पादन गर्न सकिन्छ ।
हिमाल, पहाड र तराई तीनै भू–भागमा फरक–फरक प्रकारका कृषि उत्पादन हुने भएकाले नेपाल कृषि उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त देश हो । विशेष गरी तराई क्षेत्र उष्ण तथा उपोष्ण हावापानी भएको कारण यहाँ तरकारी, फलफूल तथा नगदेबालीको व्यावसायिक खेतीका लागि उपयुक्त मानिन्छ।

यद्यपि कृषि नेपालको मुख्य पेशा भए पनि पछिल्लो समय युवाहरूको यस क्षेत्रमा आकर्षण घट्दै गएको देखिन्छ। धेरै युवाहरू वैदेशिक रोजगारी वा सरकारी तथा निजी जागिरतर्फ आकर्षित भइरहेका छन्। फलस्वरूप गाउँघरका धेरै खेतीयोग्य जमिन बाँझो रहन थालेका छन्। परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषिबाट पर्याप्त आम्दानी हुन नसक्दा पनि युवाहरू कृषि पेशाबाट टाढिँदै गएका हुन्।
कृषिमा व्याच्लर डिग्रि सकेर केही समय नेपाल सरकारको जागिर खादै गर्दा, अव यसरी हुन्न कृषिमा केही क्रान्ति गर्नुपछ भन्ने विचार गरि सरकारी जागिर र शिक्षक पेशा त्यागी कृषिमा आधुनिकीकरण, प्रविधिमैत्री, व्यवसायिकता र अर्गानिक खेतिलाई ध्यानमा राख्दै मोरङ्ग र सप्तरीका नवयुवाहरु अविन कुमार चौधरी र रेवती दाहाले मोरङ्गको ग्रामथान गा.पा.–१ मोरङ्गमा वि.स. २०८१ सालमा हलो प्राकृतिक फर्म दर्ता गरि तरकारी, फलफुल र माछा खेति गर्दै आएका छन् । आजको समयमा धेरै जसो ठाउँमा बिषादी अत्याधिक प्रयोग गरि कृषि गरिदै आएको छ । यस समयमा पनि हामिले रासायनिक मल तथा विषादी प्रयोग नगरी स्थानिय स्रोत साधानको प्रयोग गरी कृषिमा अर्गानिक खेतिले पनि व्यवसायिक किसान बन्न सकिन्छ भनेर गरेर देखाउनु छ भन्नु हुन्छ यस फार्मका प्रोपाईटर श्री अविन कुमार चौधरी । चौधरीको भनाई अनुसार यस फार्म सञ्चालनको लागि ४.५ विघा वार्षिक २.५ लाख ठेक्कामा लिई खेति गर्दै आएका छन । पुर्ण रुपमा अर्गानिक खेति भएकाले मल व्यवस्थापनलाई ध्यानमा राख्दै झोल मल, प्राङ्गारिक मल, गोठेमल तथा स्थानिय क्षेत्रका पाईने पिना, गड्यौलेमलको प्रयोगमा जोड दिएका छन् । ४.५ विघालाई व्यवस्थित रुपले १० कठ्ठा माछा सहित हास पालन, ३ विघा उच्च घनत्वमा फलफुलका विरुवा जस्तै ड्रयागन फ्रुट, हाईब्रिड अम्वा, मेवा, लिची र आप खेति गर्दै आएका छन् भने वाँकि रहेको १ विघामा शुद्ध रुपमा अर्गानिक तरकारी खेति गर्दै आएका छन् ।




सिजन अनुसारको तरकारी वाली र वेमौसमी तरकारी बालि लगाउदै आएका छन । खेतको उच्चतम रुपमा प्रयोग गर्न र रोग किरा सहजै व्यवस्थापन गर्नको लागि एकै खेतमा ३ वा सो भन्दा वढी तरकारी लगाएका छन् । जमिन मुनि वेसार, जमिनमा छोटो अवधिका साग वालि जस्तै लट्टे साग, पालुङ्गो, धनिया जस्ता वालि छन भने थाङ्ग्राको मद्दतले जमिन माथि लहरे वालि लौका, घिरौला र फर्सी लगाएका छन् । फलफुलवाट अहिले आम्दानि हुन वाँकि रहेको छ भने तरकारी खेति वाट मनग्य आम्दानि गरिरहेका छन्।

समयको माग, अर्गानिक खेतिलाई प्रोत्सान र वजारिकरणलाई सहज बनाउने हेतुले अहिले हलो अर्गानिक फार्मले इचनबलष्अ ख्भनभतबदभि द्ययह सञ्चालनमा ल्याएका छन् । यस ख्भन–भतबदभि द्ययह मा ५ केजी विभिन्न प्राङ्गारिक तरकारीहरु प्याक गरी विराटनगर र ग्रामथान भरी ँचभभ ज्यmभ मभष्खिभचथ सञचालन गर्ने गरी उत्पादन भई रहेको छ । ँचभभ ज्यmभ म्भष्खि–भचथ को सुविधाले गर्दा यस क्षेत्रका उपोभोक्ताहरुले ताजा तरकारी खान पाईरहेका छन् साथै आगनमै तरकारी आउने हुदाँ उपोभोक्ताहरु वजार जानै पर्ने वाध्यता पनि हटेर गएको छ । अहिले प्रति दिन ७५ केजि वोडी, २५० वटा लौका, ४० केजि भिन्डी र ६५ केजि टमाटर उत्पादन भई उपोभोक्तालाई बिक्रि वितरण हुदै आएको छ । यस वाट ६ जना लेवरहरुको खर्च, दैनिकि खर्च तथा अन्य खर्च कटाई मासिक रुपमा रु ८० हजार देखी १ लाख सम्म आम्दानी हुर्दै आएको छ ।




