उर्लाबारी, ७ मसिर । उर्लाबारी आगलागि घटनामा परि घाईते भएका हेम कुमार दाहाल( दिपक)को निधन भएको छ ।

काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४९ वर्षिय दाहालको उपचारको क्रममा निधन भएको ।उर्लाबारिप्रहरीले जनाएको छ ।

अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको बुधबार राती ११ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। दाहालको अनुहार घाँटि,छाति,दुबै हात,दुबै खुट्टामा गरि शरिरमा ५६% जलन रहेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानकआगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २३ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ७ जना   उपचाररत रहेकोबताईएको छ । यस अघि उपचाररत तपन पण्डितको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय