उर्लाबारी, ७ मसिर । उर्लाबारी आगलागि घटनामा परि घाईते भएका कुमार तामाङको निधन भएको छ ।

काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४२ वर्षिय तामाङको उपचारको क्रममा निधन भएको ईलाका प्रहरि कार्यालय  जनाएको छ ।

अस्पतालको आईसियू कक्षमा उपचाररत तामाङको बिहिबार (आज) बिहान ६:२५ बजे निधन भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका राजन रायमाझिले बताए । तामाङको शरिरको बिभिन्न भगमा गरि ६५% जलन रहेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २२  जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ ।

जसमध्ये आईसियू कक्षमा ६ जना   उपचाररत रहेको बताईएको छ । यस अघि उपचाररत तपन पण्डित र हेम कुमार दहाल ( दिपक) को  मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय