उर्लाबारीमा मध्यरातमा एक पसलमा आगलागी भएको छ। सोमबार राती (बिहान) करिव साडे १२ बजे उर्लाबारी वडा नम्बर ९ दुर्गापुरी स्थित नैनासिह गुरुङको ट्रसले बनेकको सटरमा आगलागी हुदा ३ वटा पसलमा क्षती भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मध्यरातमा न्यौपाने सुनचाँदी पसलमा आगलागी हुदा १ लाख नगदसहित करिव १० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

यस्तै सो सटरमा लागेको आगो सल्किएपछि छेउमै रहेको न्यौपाने पुस्तक पसलमा समेत क्षती पुगेको प्रहरीले जनाएको । यता आगलागीबाट उर्लाबारी वडा नम्बर ८ निवासी श्याम न्यौपानेको करिव ७ लाख बराबरको स्टेशनरी सामानसहित ४ हजार नगद समेत जलेर नष्ट भएको बताईएको छ ।

उर्लाबारी ८ निवासी दयाराम न्यौपानेले सटर भाडामा लिई संचालन गर्दै आएको सो सुनचाँदी पसलमा मध्यरातमा आगो लाग्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु भैरहरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राकेश यादवले बताए।

यस्तै उक्त आगो सल्किएर छेउमै रहेको एक फेन्सी पसलमा समेत क्षती भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उर्लाबारी वडा नम्बर ८ निवासी अनिता तिम्सिनाले संचालन गर्दै आएकी युना गिफ्ट फेन्सी पसलको करिव २ लाख बराबरको सामानसहित जलेर नष्ट भएको बताईएको छ ।

त्यस्तैगरी सो आगलागीबाट कुनै मानविय क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबाट आंशिक क्षती पुगेको सो घरमा करिव ७ लाख बराबरको क्षती पुगेको बताईएको छ ।

उर्लाबारी, कानेपोखरी, पथरीलगायतका पालिकाहरुको दमकल, जनपथ प्रहरीसहित स्थानियको प्रयासमा करिव १ घण्टापछि मात्रै सो आगो नियन्त्रणमा लिईएको उर्लाबारी बारुण यन्त्रका कमाण्डर चालक राजन तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय