उर्लाबारी, २५ असोज । मोरङको उर्लाबारी नगरपालिका-९ दुर्गापुरीमा आगलागीबाट पीडित दयाराम न्यौपानेलाई उर्लाबारी उद्योग वाणिज्य संघले २५ हजार सहयोग गरेको छ ।
बिहिबार उर्लाबारी उद्योग वाणिज्य संघले विपद् कोषमार्फत उनलाई सहयोग गरिएको बताईएको छ ।
गत सोमबार राती (बिहान) करिव साडे १२ बजे ट्रसले बनेकको सटरमा आगलागी हुदा न्यौपानेले संचालन गर्दै आएको न्यौपाने सुनचाँदी पसलसहित ३ वटा पसलमा क्षती भएको भएको थियो ।
मध्यरातमा सुनचाँदी पसलमा आगलागी हुदा १ लाख नगदसहित करिव १० लाख बराबरको क्षती भएको थियो ।
संघका सदस्यहरुलाई विपद् कोषमार्फत २५ हजार रुपैयाँ दिने निणर्य बमोजिम न्यौपानेलाई सहयोग हस्तान्तरण गरिएको वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताउनु भयो ।
यता सो आगलागीबाट अन्य दुई पसलमा समेत क्षति भएतापनि उनीहरु संघको सदस्य नभएको कारण सहयोग गर्न नसकेको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय