उर्लाबारीमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुदा थप एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि गम्भिर घाईते भएका कानेपोखरी–४ का अन्दाजी २६ वर्षिय अमृत लिम्बूको बिहिबार साँझ करिव ६:३० बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनको झापास्थित वि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएसँगै सो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तिन पुगेको छ । अन्य दुई जनाको भने यसअघि नै  उपचारको क्रममा मृत्यु भैसकेको छ ।

यस्तै सो दुर्घटनामा परि गम्भिर घाईते भएका पथरीशनिश्चरे–५ का अन्दाजी ३८ वर्षीय विष्णु धिमालको वि.एण्ड.सी. अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय