उर्लाबारी । नेपाली काङ्ग्रेस उर्लाबारीले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । नेपाली काग्रेस उर्लाबरी-४ को आयोजनामा उक्त कार्यक्रम गरीएको नेपाली काग्रेस वडा सचिव भिम घिमिरेले बताउनु भयो ।
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । सोहि दिनको सम्झनामा आज उर्लाबारी – ४ स्थित पार्टी कार्यलयमा कार्यालयमा नेपाली काग्रेस कोशी प्रदेश सह महामन्त्री खड्ग फागोको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रमका प्रमुख अथिति फागोले निर्वाचित जनप्रतिनिधि र अगुवा नेताहरुले जनमुखि कार्यक्रम गरेर बिपिको निती बिधि अनुसार अगाडि बढ्नु पर्ने बताउनु भयो ।




कार्यक्रममा नेपाली काग्रेस नगर सभापति सुरेन्द्र लिम्बु, उ.बा.संघ अध्यक्ष तारामान लिम्बु, वडा नम्बर-४ का अध्यक्ष कल्याण कुमार राई, स्वबियु सभापती बिबेक कार्की, पुर्ब क्षेत्रीय सदस्य योगेन्द्र कट्वाल (गोपाल) लगायत ले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नेपाली काग्रेस उर्लाबारी-४ सभापती प्रेम याख्याको सभापतीत्वमा समपन्न भएको थियो ।नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले हरेक साल पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आएका छन् ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।
तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । सोहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते यो दिवस मनाईदै आएको छ ।




