उर्लाबारीमा सकृय रहेका ५ वटा सामाजिक संस्थाले आश कपास अभियान सुरु गरेका छन् । सो अभियानअन्तर्गत उर्लाबारीका १३ वटा आधारभुत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई नि:शुल्क रुपमा १÷१ सेट सुईटर र ट्राउजर वितरण गरिनेछ ।

यसैबिच बुधबार उर्लाबारी वडा नम्बर २ को शान्ति आधारभुत विद्यालय र ८ नम्बर वडाको बहादुर बाबा आविमा न्यानो कपडा वितरण गरिएको एम.आर.आर. उर्लाबारीका सकृय सदस्य एवम् उर्लाबारी जेसीजका उपाध्यक्ष मिलन पोख्रेलले जानकारी दिए ।

उनकाअनुसार शान्तिमा अध्ययनरत २६ जना र बहादुर बाबामा अध्ययनरत २८ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

यस्तै सो अभियानअन्तर्गत बिहिबार वडा नम्बर १ स्थित नुनसरी आविका ३० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिने बताईएको छ ।

सो अभियानमा उर्लाबार जेसीज, एम.आर.आर. उर्लाबारी, रोटरी क्लव अफ उर्लाबारी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन र उर्लाबारी ईनोभेटिभ युथ क्लव जोडिएका छन् ।

पछिल्लो समय नेपालमा सामान्य सहयोग गरेर समाजसेवी र अभियान्ता कहलिने प्रवृत्ती बढ्दो छ । कथित अभियान्ताहरुले केहि सहयोग गरेर तस्विरहरु सामाजिक संजालमा सार्वजनिक गर्दै आफु समाजसेवी बनिने होडबाजी नै चलेको बेला उर्लाबारीमा भने विल्कुलै फरक पाईएको छ ।

उर्लाबारीमा उल्लेखित संस्थाहरुले एक अभियान नै चलाएर यो जाडोमा न्यानो कपडा वितरण गर्न थालेका छन्। उनीहरुले भने अभियानको बारे विवरण नै सार्वजनिक नगर्ने बताउदै अभियानलाई जारी राखेका छन् । हामीले यो समाचार तयारी गर्नुअघि अभियान्ताहरुलाई पटकपटक सम्पर्क गरेका छौँ । अभियान्ताहरुले विवरण नदिन आनकानि गरेतापनि हामीले प्राप्त गरेका केहि सुचना र जानकारीका आधारमा यो समाचार तयार गरेको हो ।

यस्तै अभियान्ताहरुले सो अभियानबारे थप विवरण र फोटो भने सार्वजनिक नगर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय