पथरी
पथरीशनिश्चरे ४ को पासवान टोलमा ५ वर्ष अघि निर्माण सुरु भएको सलहेस महाराजको मन्दिर आर्थिक अभावका कारण निर्माण पुरा नभएकाले मन्दिर निमार्ण सम्पन्न गरिदिन स्थानिय पासवान समुदायले आग्रह गरेका छन् ।
वजेट अभावमै सलहेस महाराज मन्दिर निर्माण कार्य अलपत्र भएको हो । पथरीशनिश्चरे नगरपालिकाले सो मन्दिर निर्माणका लागी आर्थिक वर्ष २०७७÷७८ मा सहयोग गरेको भए पनि त्यसपछि कुनै सहयोग नभएकाले पनि मन्दिर निर्माण कार्य अलपत्र भएको हो ।
मन्दिर निर्माण समितीका सचिव संजय पासवानका अनुसार आर्थिक अभाव भएपछि अहिले मन्दिरको निर्माण कार्य रोकिएको छ । त्यति वेला स्थानियवासी र नगरपालिकाको आर्थिक सहयोगमा मन्दिरको गजुर र भुइको भाग निर्माण गरिए पनि त्यस पछि वरिपरिको भाग उदाङ्गो रहेको छ । यस्तो अवस्थामा दुःखले पुजा आजाको काम गरिदै गरेको पासवान वताउछन् ।
‘स्थानिय पासवान समुदायले आफै पैसा संकलन गरेर मन्दिर निर्माण थालियो तर त्यो कार्य समेत आर्थिक संकलन गर्न समस्या भएपछि नगरपालिका सम्मपुगेको र त्यतिवेला नगरवाट १ लाख ७५ हजार प्राप्त गरेपनि त्यस पछि नगरवाट सहयोग भएको छैन’’संजयले भने ‘आर्थिक सहयोग भए पुजा आजामा सहज हुन्थ्यो’ ।
२०५४ सालमा स्थानिय जोगीलाल पासवान र दिलिप पासवानले जग्गा दान गरेपछि सो मन्दिर स्थापना भएको हो । बाँसका भाटाले बनेको मन्दिरलाई पक्कि वनाउन तत्कालिन उपमेयर यमुना विष्टले आश्वसन दिएपछि पासवानहरु हौसिएका थिए । विष्टले नै रकम विनियोजन गरेर मन्दिर निर्माण सुरु भएको थियो । विष्टको कार्यकाल सकिए संगै कुनै जनप्रतिनिधीले कुरै सुन्न छोडेको भागवत पासवान वताउछन् । भागवतका अनुसार यो मन्दिर निर्माण पुरा भए स्थानिय पासवान समुदायलाई पुजा आजा गर्न सहज हुनेछ । पासवानका अनुसार अहिलेका जन प्रतिनिधीले वेवस्था गरेका कारण मन्दिरले पुर्ण रुप दिनसकेको छैन् ।
जग्गादाता समेत रहेका दिलिप पासवान भन्छन् ‘पुजा गरेको स्थानमा कुकुर विरालो समेत पुग्ने अवस्था छ खुल्ला स्थानमा हामी पुजा गर्दैछौ’ ।
प्रत्येक वैसाक १ र असार पुर्णिमामा पथरीशनिश्चरे नगर भरिका पासवान समुदायका व्याक्ति भेला भएर महराजको पुजा गर्ने गर्दछन । पथरी बजार बाट ७ किलो मिटर दक्षीणमा रहेको यो मन्दिरको महत्व बेग्लै रहेकाले पनि यसको निर्माण कार्यमा स्थानिय पालिकाले सहयोग गर्र्नु पर्ने दिलिप बताउछन् ।
पटक पटक नगरपालिका र वडामा गए पनि आश्वासन मात्रै पाइरहेका उनीहरुले मन्दिर वनाउने र वरपरको भागमा तारधेरा गर्ने योजना बनाएका छन् ।
मन्दिरको स्वामित्वमा १ कट्टा जग्गा रहेको छ । सोहि जग्गामा ४ वर्ष अघि स्थानिय वालवालिका पढाउन वाल केन्द्र समेत सन्चालन रहेको थियो । अहिले वालकेन्द्र स्थानिय विद्यालयमा मर्ज भएपछि सो वालकेन्द्रको भवन समेत अलपत्र रहेको छ । वालकेन्द्रको भवन केहि काम नलाग्ने अवस्थामा रहेको छ ।








