रतुवामाई नगरपालिकामा प्रदेशस्तरिय ( क्लब) प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । शनिबार विहान रतुवामाई -१० सोमबारेस्थित टिमटिमे खेलमैदानमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो प्रतियोगिताको उद्घाटन गरेका छन्।

सो अवसरमा बोल्दै मन्त्री राईले भलिवल केवल मनोरञ्जन मात्र नभई सामाजिक सद्धाव बढाउने, स्थानिय ठाउ र राष्ट्रको समेत गौरव बढाउने खेलकुदको महत्वपुर्ण विधा भएको बताए । यस्तै उनले खेलकुदको माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिने बताउदै स्वास्थ्य जिवनयापनको लागि खेलकुद अनिवार्य रहेको बारे चर्चा गरे।

रतुवामाईमा सकृय सामाजिक संस्थाको रुपमा रहेको बुलेट गाईज क्लवको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । जसअन्तर्गत शनिबार दुई वटा खेल सम्पन्न भएको छ ।

आज सम्पन्न पहिलो खेलमा आयोजक बुलेट गाईज क्लवले जित हाँसिल गरेको छ । बुलेट गाईजले त्रिवेणी युवा कलवलाई ३-१ को सोझो सेटमा हराएको थियो । सो खेलमा बुलेट गाईजका जर्सि नम्बर ६ का निरुप बस्नेत म्यान अफ दि म्याच घोषित भएका छन् । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

यस्तै पाथिभरा टाईगर्स भलिवल क्लव, दमक र बेलबारी भलिबल क्लवबिच भएको दोस्रो खेलमा पाथिभरा विजयी भएको छ । पाथिभराले ३-१ को सोझो सेटमा बेलबारीलाई हराएको थियो ।

सो खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले पाथिभराका जर्सि नम्बर ४ का प्रदिप कट्टेललाई म्यान अफ दि म्याच घोषणा गरेको थियो ।उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

दुवै खेलमा म्यान अफ दि म्याच घोषित भएका खेलाडिलाई रतुवामाई -१० का वडाध्यक्ष भुलबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए ।

रतुवामाई नगरपालिका वडा नम्बर १० को मुख्य प्रायोजन रहेको सो प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया नगद पाउनेछ भने उपविजेताले ६१ हजार १ सय ११ रुपैया नगद पाउनेछ । साथै विजेता र उपविजेता दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक चन्द्रबहादुर आलेले बताए । यस्तै म्यान अफ दि म्याच, वेष्ट प्लेयर, वेष्ट स्ट्राईक, वेष्ट ब्लकर, वेष्ट सटर र वेष्ट डिफेन्डर खेलाडीलाई समेत पुरस्कृत गरिने आलेले बताए ।

कोशी प्रदेशका उत्कृष्ट मानिएका ८ वटा क्लवहरुको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल सोमबार  हुनेछ ।

त्यस्तैगरी आईतबार नेपाल पुलिस क्लव, विराटनगर र नेपाल आर्मी क्लव, ईटहरीबिच पहिलो खेल हुनेछ भने दोस्रो खेल प्रदेश भलिवल ट्रेनिङ सेन्टर र उर्लाबारी भलिवल क्लवबिच संचालन हुने बताईएको छ ।

उद्घाटन खेलमा आयोजित समारोहमा रतेवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिह गनगाई, पुर्व मेयर रविन राई, ८ नम्बर वडाका वडाध्यक्ष पुष्प कार्की, १० नम्बर वडाका वडाध्यक्ष भुलबहादुर कार्की , पुर्व वडाध्यक्ष टंक ढकाललगायतको आतिथ्यता रहेको थियो ।

क्लवका सचिव अनिश कार्कीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य क्लवका संरक्षक समेत रहेका रतुवामाई -१० का वडाध्यक्ष कार्कीले राखेका थिए ।

यसैबिच आजको उद्घाटन खेलमा चर्चित गायिका मल्लीका कार्कीले वेजोड प्रस्तुती दिएकी थिईन् । उनले पस्केका  गितहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

क्लवका अध्यक्ष दिपक श्रेष्ठको सभाध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय