मिक्लाजुङ । उत्तर पुर्वी मोरङको मिक्लाजुङ गाउपालिकाको पहलमा ४ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
मिक्लाजुङ वडा–१ मा रहेका टाँडी माध्यामिक विद्यालय, सृजना आधारभुत, जनता र हिमालय आधारभुत विद्यायलका १ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
टाडी माध्यमिक विद्यालयको ६४ औ अभिभावक दिवस तथा वार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको .मिक्लाजुङ वडा नं.१ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो ।
विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिती मिक्लाजुङ गाउपालिकाका अध्यक्ष बबिकुमार राईले वितरण गर्नु भएको थियो ।
प्रमुख अथिती राईले विद्यार्थीहरुलाई जाडोको समयमा सहज रुपमा विद्यालयमा पठनपाठन गर्ने वाताबरण सृजना गर्न मम फाउण्डेसन सग सहकार्य गरी कपडा वितरण गरिएको बताउनु भयो ।
गाउपालिकाका अध्यक्ष राईको पहलमा काठमान्डौ बौद्ध स्थित मम फाउण्डेसनले ६५ हजार र उर्लाबारी–७ मा रहेको नरमाया हस्तकाला उद्योगबाट ५ थान गरी कक्षा ५ भन्दा मुनीका १ सय ६५ विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो ।
कार्यक्रममा मम फाउण्डेसनका अध्यक्ष पासाङ लामा, फाउण्डेसनका फाउण्डर पेमा शेर्पा, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय