उर्लाबारी । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा चारपाने युनाईटेड भेट्रान्सले जित हासिल गरेको छ ।
आज भएको प्रतिष्पर्धात्मक खेलबाट चारपानेले २–१ को नतिजा निकाल्दै फाईनलमा आफ्‌नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित ६० मिनेटको खेलमा उर्लाबारी निलोले खेलको १८ औ मिनेटमा उत्तम लिम्बुले गोल गर्दै खाता खोलेका थिए ।

यस्तै खेलको २२ औ मिनेटमा उर्लाबारीका गंगा बहादुर कार्कीले वान भर्सेस वानको अवस्थामा पाएको बललाई चारपानेका गोलरक्षक रुपक तामाङलाई विट गर्न नसक्दा उर्लाबारी निलो थप गोल गर्ने अवसरबाट चुक्यो ।
खेलको ४६ औ मिनेटमा गंगा कार्कीले पाएको बललाई विपक्षी टिमको डेफेन्स लाईन कटाए पनि बलालाई नियन्त्रणमा लिएर गोलपोष्टको सहि दिशा दिन नसक्दा उर्लाबारी निलोले थप गोल गर्ने अर्को अवसर गुमाएको थियो ।

माध्यन्तर अघि १–० ले लिड गरेको उर्लाबारीकाका लागि मध्यान्तर पछिको खेल भने दवाव पुर्ण रहयो । मध्यान्तर पश्चात खेलमा कमब्याक गरेको चारपानेले खेलको ५४ औ मिनेटमा साङगे लामाको प्रहारमा बराबरी गोल फर्कायो ।

निर्धारित समय १–१ गोलको बराबारीमा समाप्ती भए सगै चारपानेले अन्तिम समयका थप गरिएको २ मिनेटको समयमा थप १ गोल गर्दै २–१ को अवस्थामा पुर्‍याओ । चारपानेका लागि जितको निर्णायक गोल धन बहादुर गुरुङले गरेका थिए। उनले कर्नर किक मार्फत सोझै गोल गरेका थिए ।
यो सगै चारपाने युनाईटेडले फाईनलमा भोलि हुने उर्लाबारी रातो र दमक भेट्रान्स लखनपुर विचको विजयी टिमसग आफ्‌नो भेट पक्का गरेको छ ।
आजको खेलको म्यान अफ दि म्याच चारपाने युनाईटेडमा कृष्ण शाक्य घोषित भए उनले नगद १ हजार १ सय सहित ट्रफी हात पारे । शाक्यलाई आजका कार्यक्रमका प्रमुख अथिती उर्लाबारी ईलाका प्रहरी कार्यलयका बरिष्ठ प्रहरी नायव उपरिक्षक चुडामणी पौडेलले पुरस्कृत गर्नुभयो । म्यान अफ दि म्याचको स्पोन्सर आयो गोर्खाली एसीसी बल्कका प्रोपाईटर पवन घिमिरेले गर्नु भएको थियो ।


भोलिको दोस्रो सेमिफाईनल खेल दमक भेट्रान्स लखनपुर र उर्लाबारी रातोका विच हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुने क्लबका अध्यक्ष दिपक पोमुले बताउनु भयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय