पथरी
नेकपा एमाले पथरीशनिश्चरे नगरका जेष्ठ कम्युनिष्टका आँगनमा पुग्ने भएको छ । शनिवार सम्पन्न नगरको पहिलो पुर्ण बैठकले नगर भित्रका जेष्ठ कम्युनिष्टलाई भेटघाट गर्न र संगठन परिचालन गर्ने ‘अग्रजको खोजी अग्रजको आर्शिबाद’ कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ ।
नगरकमिटी अध्यक्ष सन्जिव गिरीका अनुसार नेकपा एमाले निर्माण गर्ने अग्रजलाई सम्मान गर्ने तथा उनीहरुको राय सल्लाह लिन नगरकमिटीले कार्यक्रम ल्याएको हो । ‘नगर भित्रका अग्रज कमरेडहरुलाई सम्मान गर्न र वहाँहरुको सल्लाह र सुझाव लिन पाटीको बैठक वाट यो कार्यक्रम ल्याइएको हो’ अध्यक्ष गिरीले भने ‘संगठन सुद्र्धिकरणमा समेत यो कार्यक्रमले ठोस पहल गर्ने छ’।
नेकपा एमालेको पहिलो बैठकले सामाजिक सन्जालमा नेकपा एमालेका स्थानिय नेता कार्यकर्ता माथी भइरहेको अनर्गल प्रचारवाजीको समेत भत्र्सना गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी किसोर राई र वडा नम्वर ८ का अध्यक्ष नविन जंग कार्की माथी सामाजिक सञ्जालमा भएको दुस्पर्चार प्रति गम्भिर आपत्ती जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय