दमक नगरपालिका वडा नम्बर ४ ताराबारीस्थित मेची इन्डष्ट्रिज लिमिटेडको आईपीओ निष्कासन हुने भएको छ। इन्डष्ट्रिजले सर्वसाधारणलाई जारी गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि संस्थागत परामर्श तथा निष्कासन र बिक्री प्रबन्धक सेवाको जिम्मा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

बुधबार काठमान्डौंको कमलादीस्थित एसबिआई मर्चेन्ट बैंकिङ्गको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

मेची इन्डष्ट्रिजमा बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गरिन्छ। उक्त ब्लकहरू हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने गर्दछन्। सो कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार थान रहेको छ ।

उच्च चापयुक्त बाफ प्रविधि( जर्मन प्रविधि) बाट तयार हुने उक्त ब्लकहरू ताप र आगो प्रतिरोधी हुन्छन् । यसका सागै सो कम्पनीले एड्हेसिभ, रेडिमिक्स प्लास्टर र वाल पुट्टी जस्ता सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिन जडान कार्यलाई तीव्र बनाएको छ र छिट्टै बजारमा ल्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय