पथरी
मोरङ्गको मिक्लाजुङ्गको कोलुङ्ग झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । मिक्लाजुङ्ग ५ सामलिङ्गमा पर्ने झरना आफैँमा निकै मनमोहक भएका कारण यहाँका स्थानीयको रोजाइमा परेको हो ।

प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण रहेको यो झरनाले पछिल्लो समय यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । जिल्लावासीको एक सम्पत्तिका रूपमा रहेको कोल्बुङ्ग झरना संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ ।
जिल्ला सदरमुकाम विराटनगरवाट ७० किलोमिटर दुरीमा रहेको यो झरना पुग्न स्थानिय तेली खोलाको किनारै किनारको बाटो प्रयोग गर्नू पर्ने हुन्छ । झरनामा आउने अधिकाशंले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । मिक्लाजुङ्ग गाँउपालिकाले यो झरनाको संरक्षण तथा प्रवर्धन गर्ने कामलाई प्राथमिकता दिने भने पनि खासै संरक्षण तथा प्रवर्र्धन भने गरेको देखिँदैन ।

वडा अध्यक्ष मेघनाथ तामाङ्ग भने नेपालकै होचो स्थानको झरना भएको र यसको प्रर्वद्धनमा स्थानिय सरकार लागी परेको बताउछन् । वडा अध्यक्षले कार्य भइरहेको भने पनि स्थानिय घुम्न आएका भने पर्यटकिय क्षेत्रको भौतिक क्षेत्र सुधार नहुदा भने जति पर्यटक झरना सम्म आउन नसकेको वताउने गरेका छन् । खोलाले गर्दा झरना सम्म बाटो पु¥याउन नसकेको वडा अध्यक्ष तामाङ्गको भनाइ रहेको छ । वाटो वनाउन तेलि खोलाले समस्या बनाएको छ । खोला तिन चार पटक ओहोरदोहोर नगरी झरना सम्म पुग्न सकिदैन ।
  पुर्व पश्चिम राजमार्गको मंगलबारे वाट १३ किलोमिटरको दुरीमा रहेको मिक्लाजुङ्गको सामालिङ्ग सम्म यातायातका साधन पुगे पनि झरना सम्म पुग्न भने ३ किलोमिटर पैदल नै हिडनु पर्ने वाध्यता छ । खोलाको किनारै किनार झरना पुग्न सकिने र झरना निक्कै सुन्दर भएको झरना पुगेका पथरीशनिश्चरेका बिबेक गौतमले वताए । गर्मी मौसमा सितलता लिन पनि पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन् ।
यसको माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल हुने गरेको गौतमले बताए । स्थानियवासी लिम्बुले भने, ‘यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक टेवा पुग्ने थियो ।’ यो झरनाको लम्बाइ झन्डै दुई सय मिटरभन्दा बढी छ । यसअघि कहीँकतैबाट संरक्षण र प्रवर्धनमा पहलकदमी हुन नसकेपछि यो झरना लामो समयदेखि संरक्षणको पर्खाइमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय