काठमाडौं । झट्ट सुन्दा पत्यारै लाग्दैन ! कि सामान्य भनाभनले एक व्यक्तिको अमूल्य जीवन सधैका लागि समाप्त पार्न सक्छ ? यस्तै एक हृदयविदारक घटना नेपालकै राजधानी काठमाडौंमा घटेको छ, जसले हामीलाई जीवनका मूल्य र संयमको महत्तवलाई गम्भीरतासाथ सोच्न विवश बनाएको छ ।
काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमा, सोमबार बिहान एक अकल्पनीय घटना घट्यो । पिसाब फेर्ने मामिलामा भएको सामान्य भनाभनले चक्कु प्रहारमा परिणत भयो, जसले एक निर्दोष व्यक्तिको जीवन समाप्त गरिदियो ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० का विक्रम तामाङ, जसलाई सबैले माइला भनेर चिन्थे, काठमाडौंमा भारी बोक्ने काम गर्दै थिए । परोपकार पुलमा पिसाब फेर्दै गर्दा उनी आशिष श्रेष्ठसँग विवादमा परे । यो मामिला ह्वात्तै चुरियो र पर्खिन नसकेको अवेगले विक्रमको जीवन सधैका लागि समाप्त पारिदियो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोक–७ का आशिष श्रेष्ठले चक्कु प्रहार गर्दा बिक्रम गम्भीर घाइते भए । उनको उपचारका क्रममा मृत्यु भयो । यो घटना अझ अचम्मको बन्यो जब थाहा पाइयो कि आशिषले चक्कु आफ्नो झोलामा बोकेर हिँडिरहेका थिए।
प्रारम्भिक अनुसन्धानपछि जनसेवा प्रहरी वृत्तले आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु समेत बरामद गरी श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनसेवा प्रहरी वृत्तका डिएसपी कृष्ण चन्दले बताए।
यो हृदयविदारक घटनाले हाम्रो समाजमा गम्भीर प्रश्नहरू उठाएको छ । के हामी सुरक्षित छौं ? सामान्य भनाभनले जीवनको अन्त्य गर्ने यो दुर्घटनाले सडक सुरक्षा र मानसिक अवस्था सम्बन्धी गम्भीर चासो व्यक्त गरेको छ ।
माईलाको जिवन अन्तय सग जोडिएको यो घटना देशभर एक सन्देश पनि छोडेको छ, जसले हामीलाई सम्झाउँछ कि छोटो क्रोधले जीवनको मूल्य बिना नै गुमाउन सक्छ । हामी सबैलाई संयम राख्न, समाजमा चेतना फैलाउन र सामाजिक विवेकको महत्त्व बुझ्न आवश्यक छ ।
जीवन केवल एक अवसर हो । यसलाई संयम र विवेकका साथ बिताउनु महत्त्वपूर्ण छ। संयम राखौं, जीवनको मूल्य बुझौं र समाजमा शान्ति र सद्भाव फैलाऔं ।








