रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने लक्ष्यका साथ संचालन गरेको १ महिने ब्युटी पार्लर तालिम सम्पन्न् भएको छ ।
महिला उद्यमशिलतालाई प्रोत्साहन गर्ने पालिकाको योजना अनुरुप महिलाहरुको ईच्छा अनुसारको शिक्षा प्रदान गर्ने हेतुले नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अर्न्तगत वडा नम्वर–७ मा तालिम संचालन गरेको नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिह गन्गाईले बताउनुभयो ।
तालिमको सहजीकरण विराटनगर स्थित सोनाली मल्टिप्रपोज एण्ड ड्राइभिङ स्कुल प्रालिले संचालन गरेको हो तालिममा वडाका ३० जना महिलाहरुको सहभागिता रहेको सहजीकरण सस्थाले जनाएको छ ।
१ महिना सम्म संचालन भएको तालिमको शुक्रबार एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरेर समापन गरिएको छ ।
नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने योजना स्वरुप संचालन गरेको तालिममा सहभागिहरुले उत्साहपुर्वक सहभागिता जनाएको प्रशिक्षक सविना भुजेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय