काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा अचानक समस्या उत्पन्न भएको छ । कार्यक्रममा सहभागि हुन रुकुम पश्चि पुगेकी रिमालको अचान पेट दुखेपछि त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको हो ।
रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले बतायो ।








