उर्लाबारी, साउन २० । मोरङको उर्लाबारी नगरपालिका–२ मा बसोबास गर्ने लिम्बू समुदायको धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न वडाबाट टेन्ट र कुर्सी सहयोग गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लिम्बू जातिको सांस्कृतिक कार्यक्रम तथा अन्य गतिविधिमा उपयोग हुने गरी १ लाख २० हजार रुपैयाँ बराबरको टेन्ट र ५० थान कुर्सी वितरण गरिएको हो।

सामग्री वितरण कार्यक्रम वडा कार्यालय परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष राजन कुमार कडेलले समुदायका प्रतिनिधिहरुलाई टेन्ट तथा कुर्सी हस्तान्तरण गर्नुभयो।

वडाध्यक्ष कडेलले धर्म, संस्कृति र परम्पराको संरक्षणमा स्थानीय सरकार सधैं सकारात्मक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडाले जातीय, सांस्कृतिक तथा सामुदायिक पहिचान जोगाउने कार्यमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय