उर्लाबारी, साउन २० । मोरङको उर्लाबारी नगरपालिका–२ कटहरे बस्ने रिया धिमाल भक्कानिदै भन्छिन–“कामका लागि बिदा गरें, तर अब न खबर छ, न कुनै अडेस,यस्तै छ अहिले मेरो जिन्दगी ढेड वर्षको छोरा काखमा छ, कमाउन गएका उसका ‘बा’ बेपत्ता बने।”
वैदेशिक रोजगारीको सपना लिएर २०८१ असोज १० गते घरबाट निस्किएका उनका २८ वर्षीय श्रीमान् दल बहादुर घिमाल २०८२ असार देखी सम्पर्कविहीन भएका छन् । परिवार पाल्न राम्रो आम्दानी गर्ने सपना बोकेर विदेश जाने सपना बोकेर हिडेका दल बहादुर धिमाल काठमाडौँ जोरपाटीस्थित आफ्नी दिदी भिमा घिमालको घरमा पुगेपछि त्यहाँ उनले “सिद्धपुञ्चाल घर बताउने, ‘बाबा’ नाम गरेका एक जना व्यक्तिको सम्पर्कमा आउछन् । ‘बाबा’ सग सम्पर्कमा आएपछि धिमाल उनकै पछि लागेर उनकै भनाई अनुसार भारतको हिमाचल प्रदेशमा कामको शिलशिलामा पुग्छन् ।
त्यहा पुगेको लगभग १ वर्ष सम्म धिमालको परिवार सग सम्पर्क भएपनि गत असार देखी धिमाल र ‘बाबा’ भन्ने दुवै व्याक्ति रियाको सम्पर्कमा आउन छाडेपछि रिया यतिवेला श्रीमानको खोजी गरिदिन नेपाल प्रहरीको साहायता लिईरहेकी छिन् ।
प्रहरीको सहयोग लिन ईलाका प्रहरी कार्यालय उर्लाबारी पुगेकी धिमालले हामीसगको भेटमा आँखा भरी आँसु रसाउदै भनिन–“बिदा गर्दा राम्रै अवसर पाउनुहुन्छ भन्ने विश्वास थियो, तर अब उहाँलाई कतै देख्न, बोल्न या सुन्न पाउने आशा पनि हराउँदैछ।”
उनले हालै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा निवेदन दिँदै श्रीमान्को खोजतलास गरिदिनुहुन अनुरोध गरेकी छन् ।
श्रीमतीले भावुक अपिल गर्दै भनिन्, “उहाँ सकुशल घर फर्किनुहुन्छ भन्ने आशामा मेरा आँखा दिनरात बाटोमा छन् । आज खबर आएला कि भोलि, भन्ने आशा मात्रै बाँकी छ।”
परिवार र आफन्तजनले कसैले दल बहादुर घिमालको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय