दाङ – साउन २१ । दाङ जिल्लाको देउखुरीको लमही–भालुवाङ सडक खण्ड अन्तर्गत पाखापानी क्षेत्रका स्थानीयवासीले सडकमै केरा रोपेर विरोध जनाएका छन् । लामो समयदेखि सडक मर्मत नहुँदा खाल्डाखुल्डीले भरिएको सडकमा दैनिकजसो साना ठूला दुर्घटना भइरहेका छन् । सरकारले बेवास्ता गरिरहेकाले विरोधस्वरूप सडकमै केरा रोपिएको स्थानियले बताएका छन्।
स्थानीयहरूको भनाइअनुसार यस सडकखण्डको अवस्था विगत केही वर्षदेखि अत्यन्तै जर्जर हुँदै आएको छ । तर, सम्बन्धित निकायले यसप्रति ध्यान नदिएको भन्दै उनीहरूले व्यङ्ग्यात्मक शैलीमा सडकमै केरा रोपेर सरकारको उदासीनतालाई औंल्याएका हुन् ।
पाखापानी क्षेत्रको यो सडक लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसर नजिकै पर्छ । सोही कारण स्थानीयहरू थप आक्रोशित बनेका छन् । उनीहरू भन्छन् – “मुख्यमन्त्रीज्यू हरेक दिन यो बाटो हिँडेर कार्यालय जानुहुन्छ तर चस्माले सडकको अवस्था देखिन्न होला, त्यसैले अब केरा रोपेर ध्यानाकर्षण गराउन बाध्य भयौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय