
उर्लाबारी, ९ भदौ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको देवीस्थान दुर्गा मन्दिरमा तिज विशेष कार्यक्रम सम्पन्न् भएको छ ।
नेपाली नारीहरुको महान चाडका रुपमा हेरिदै आएको हरितालिका तिजको अवसरमा स्थानिय महिलाहरुलाई सहभागि गराएर तिज विशेष कार्यक्रम संचालन गरिएको मन्दिर व्यावस्थापन समितीका अध्यक्ष राजन रायमाझीले बताउनु भयो ।
तिज विशेष कार्यक्रममा स्थानिय महिलाहरुले छमछमी नाच्दै दरको परिकार खाएर रमाएका थिए । कार्यक्रम मन्दिर प्राङगणमा भएको थियो ।



