काठमान्डौ, २२ कार्तिक । चर्चित गायीका रीता केसीले आफ्नो नयाँ गजल गीत ‘म हरायकी हुँ त्यो शहरबाट’ सार्वजनिक गरेकी छिन्। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय केसीले यसअघि पनि आधुनिक, लोक तथा गजल विधाका थुप्रै गीतहरूमा स्वर दिँदै आएकी छिन्।

नयाँ सार्वजनिक भएको उक्त गजलमा शब्द कपिल अञ्जानको रहेको छ भने राजेन्द्र बजगाईँले संगीत भरेका छन्। म्यूजिक भिडियोमा स्वयम् गायीका केसीले नै अभिनय गरेकी छिन्। भिडियोको छायाङ्कन रामकुमार केसीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

सानै उमेरदेखि संगीतप्रति गहिरो रुचि राख्दै आएकी केसीका धेरै गीतहरूले श्रोतामाझ राम्रो लोकप्रियता हासिल गरिसकेका छन्। उनको जादुमय स्वरले श्रोता–दर्शकलाई मोहित पार्ने गर्दछ। स्वदेशमा मात्र नभई विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत व्यस्त रहने गायीका केसीको लाइभ प्रस्तुति हेर्न र सुन्ने दर्शकहरूको उत्साहजनक सहभागिता हुने गरेको छ।

हालै सार्वजनिक भएको ‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीतको भिडियोले पनि युट्युबमा दर्शकको मन जित्न थालेको छ। उक्त गीत Rita KC युट्युब च्यानलमार्फत बजारमा आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय