
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ गुद्री बजारबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।
प्रहरीले पथरीशनिश्चरे-१ का २६ वर्षीय अक्षय माझीलाई साँझ ७ः३० बजेतिर पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा माझीको साथबाट एक ग्राम ४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।



