वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन् ।
ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन् । विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए । उनले इजरायल र उक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन् ।
उनले भने, धन्यवाद अमेरिकी जनतालाई ! यो अमेरिकी जनताको जित हो । म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु ।
यो अमेरिकाको ‘स्वणर् युग’ हो । यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ । यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो । हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौं ।
जनताले हामीलाई धेरै राम्रो बहुमत दिएका छन् । मेरो जित देशका हरेक नागरिकको जित हो । सिनेटमा अकल्पनीय जित भएको छ । म अमेरिकाका लागि जे जति गर्न सक्छु त्यो गर्नेछु । यति ठूलो जितको अपेक्षा कसैले पनि गरेका थिएनन् । हाम्रो देशका सबै समस्याको समाधान हुनेछ । उपराष्ट्रपतिलाई पनि बधाई दिन चाहन्छु । अब हामी कुनै पनि युद्ध हुन दिनेछैनाँै। मैले देशको हरेक भागबाट समर्थन पाएको छु । अमेरिकामा घुसपैठ रोक्नेछौँ ।
हामी युद्ध अन्त्य गर्न चाहन्छौ ं। मेरो हरेक क्षण अमेरिकाका लागि हो। हामीले जे वाचा गर्छौं त्यो पूरा गर्छौं। यो दिनलाई सम्पूणर् अमेरिकाले सम्झनेछ । देशलाई उज्ज्वल भविष्यतर्फ लैजान्छौँ । विगत ४ वर्षमा हामीलाई कुन कुराले विभाजित गर्यो बिर्सनुहोस् । म एलन मस्कलाई बधाई दिन्छु अद्भुत व्यक्ति हुन ्। जुलाई १३ मा ममाथि घातक हमला भयो‚ भगवान्ले मेरो जीवन बचाउनुभयो।’