पछिल्लो समय नेपाली खेलकुद जगतले विभिन्न सफलताका खुट्किलोहरु चढ्दै गर्दा यसको विकासमा सरकारी र निजी क्षेत्रहरुले लगानी गर्दै आएका छन् ।
यसको विकासमा साझेदार गर्ने क्रममा देशव्यापी रुपमा व्यापारी, उद्योगी, राजनितिज्ञ, सामाजिक संस्थालगायतले दिल खोलेर सहयोग गर्दै आएका छन् । यसैबिच मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा बिहिबार २ वटा फ्लोड लाईट जडान गरिएको छ ।
मंगलबारे चोकस्थित गुडविल ट्रेड लिङ्कका संचालक रमेश श्रेष्ठ र स्थानिय टेक्निसियन मेखबहादुर खड्का( विजुली माईला) को संयुक्त लगानीमा १ सय वाटको फ्लोड लाईट जडान गरिएको हो ।
करिव २५ हजार लागतमा जडान गरिएका सिजी ब्राण्डका उक्त लाईटको २ वर्ष ग्यारेन्टी भएको बताईएको छ ।
सोसँगै अहिले उक्त खेलकुद मैदान झलमल भएको छ । यसले अब रात्रीकालीन समयमा खेल अभ्यास र प्रशिक्षण गर्न सहज हुनेछ भने विहान योग,ध्यान र खेल अभ्यास खेल्ने खेलाडीहरुलाई समेत राहत मिलेको स्थानिय बताउछन् ।
यस्तै बत्ती जडान गर्ने क्रममा गुडविलका संचालक श्रेष्ठ र टेक्निसियन विजुली माईलाले आफुहरु खेलकुदमा रुचि राख्ने भएको बताउदै उनीहरुले समग्र उर्लाबारीमा खेलकुद क्षेत्रको विकासमा हातेमालो गर्न तयार भएको बताएका छन्।